विश्व वातावरण दिवसको अवसरमा भरतपुरका २ विद्यालयमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • June 5, 2022
watawaran diwas

विश्व वातावरण दिवस २०२२ आज देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। विश्व वातावरण दिवसकै अवसर पारेर भरतपुर महानगरपालिका २८ अन्तर्गत पर्ने श्री आधारभूत विद्यालय अन्द्र्यौली र श्री आधारभूत विद्यालय सिसाबासमा बगैंचा निर्माण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गरिएको छ।

भरतपुर महानगपालिकाको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बेटर चितवनको नेतृत्वमा गरिएको सो कार्यक्रममा विधार्थीहरु आँफैले विद्यालय परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपेर वातावरण दिवस मनाएका थिए ।

कार्यक्रममा नेपाल विकास समाजको तर्फबाट कार्यक्रम संयोजक ई. सागर कार्कीले विद्यार्थीहरुलाई वातावरण दिवस र फोहोर व्यवस्थापन विषयमा बालमैत्री अभ्यास समेत गराउनुभएको थियो । ‘पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नाराका साथ देश भरी नै मनाइएको विश्व वातावरण दिवस २०२२ को विश्वब्यापी नारा भने ‘केवल एउटै पृथ्वी’ रहेको छ, जसले पृथ्वीलाई सुरक्षित राख्न सबैजना सहकार्य गरेर अघि बढ्नुपर्ने संदेश दिएको छ।

bishwo watawaran diwas
wataran diwas
watawaran diwas 1
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५