राष्ट्रियसभाका चार विषयगत समितिको सभापति सर्वसम्मत

  • नेपाल राष्ट्रिय दैनिक
  • September 7, 2022
rastriya sabha

राष्ट्रियसभाका चार विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ ।सबै समितिका लागि एक-एक जनाको मात्रै उम्मेद्वारी परेको छ।

बिहिबार निर्वाचन हुने तय गरिएको भएपनि सबै पदको लागि एक-एक जनाको मात्रै उम्मेद्वारी परेपछि मनोनयन सर्वसम्मत भएको छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसाल र राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) मनोनयनमा परेका छन् ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा मनोनित भएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थ मनोनयन भएका छन् ।

५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ। राष्ट्रियसभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था रहेको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५