आर्थिक समृद्धिका लागि तीनै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 30, 2022
sherbahadur deuba 7SSB44y2qU

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि र विकासका लागि समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय विकास कार्य समितिको ४९ औँ बैठकमा उहांले विकास आयोजना कार्यान्वयनमा सरकारले सधैं सहजीकरण गर्ने आश्वासन दिँदै समितिका विगतका निर्णय कार्यान्वयनमा सबै पक्षले लगनशील भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा विकास आयोजना तथा कार्यक्रमको प्रगति र आगामी दिनमा लक्षित उद्देश्य प्राप्तिका लागि प्रभावकारी कार्यान्वयन गर्ने र कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नीतिगत निर्णय गर्ने विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले आर्थिक वर्ष २०७७/०७८ र आव २०७८/७९ को छ महिनाको आर्थिक सूचक, व्यय र प्रगतिबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ, मुख्य सचिव, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष, महालेखा परीक्षक, मुख्यमन्त्रीलगायत मन्त्रीहरुले प्रस्तुतिमा आ–आफ्ना धारणा राख्दै कार्यान्वयनमा आएका समस्या र समाधानका बारेमा उल्लेख गरेका थिए ।

बैठकमा मन्त्रीहरू, मुख्यमन्त्रीहरू, राज्यमन्त्रीहरू, महालेखा परीक्षक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, आयोगका सदस्यहरू, सचिवहरू, प्रदेशका मुख्य सचिवहरू लगायतको सहभागिता रहेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५