गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2023
surendra raj pandey gandaki mukhyamantri

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अल्पमतमा परेको खगराज अधिकारी नेतृत्वको सरकारले विश्वाशको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख गुरुङले १४ गते ४ बजेसम्मको म्याद दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका थिए । सोहि बमोजिम ३५ सांसदहरुको समर्थनमा पाण्डेले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबि पेस गरेका थिए।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्न सक्ने व्यवस्था बमोजिम अधिकारी मुख्यमन्त्री भएका थिए ।

गण्डकी प्रदेशमा कांग्रेसका २७,एमालेका २२,माओवादीका ८,राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५