श्रीलंकामा आर्थिक संकटलाई लिएर बढ्दो विरोधका बीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् ।
यसअघि आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेले देशको राजनीतिक संकट समाधान गर्न प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए ।यसैबीच राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद् गठनका लागि सर्वदलीय बैठक बोलाउने अपेक्षा गरिएको छ ।
यसअघि आज प्रधानमन्त्रीका समर्थकले प्रधानमन्त्री निवास अगाडी विरोध प्रदर्शन गर्दै राजीनामा नदिन आग्रह गरेका थिए । विरोधकाबीच प्रतिपक्षी दलको झडपमा तनाव कम गर्न प्रहरीले कर्फ्यू पनि घोषणा गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्