अर्थमन्त्रीको राजीनामा माग गर्दै व्यावसायीहरु प्रदर्शनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • June 23, 2022
morang pradarshan

मोरङका उद्योगी व्यावसायी र मजदुरहरुले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गर्दै प्रदर्शनमा उत्रिएका छन्।

मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ , नेपाल ट्रेड युनियन कांग्रेस ,अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका औधोगिक संगठन र मजदुरहरुले अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरि व्यापारीहरुसंग कमिसन लिएर सीमित उद्योगलाई संरक्षण गरेको र अन्य उधोगलाई बन्द गर्न बाध्य पार्ने गरि करको दायरा परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मा विरुद्ध प्रदर्शन गरेका हुन् ।

अर्थमन्त्रीको अल्पज्ञानाका कारण धेरै उधोगहरु बन्द हुने अवस्थामा पुगेको र लाखौँ मजदुरहरु बेरोजगार हुने अवस्था सिर्जना भएको भन्दै उनीहरुले नयाँ बजेट व्यवस्थाले सिर्जना गरेको करको दायरा सच्याउन समेत माग गरेका छन्।

अर्थमन्त्रीले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने र शुक्रबार आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको पनि प्रदर्शनकारी संगठनहरुले जनाएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५