माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
aarati shah

काठमाडौं – धनुषाकी आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित करिब दुई महिनादेखि माइतीघरमा अनशनमा बसेका साहका आफन्तहरुको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै उनीहरुको माग सम्बोधन गरेर अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको र माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे पनि आयोगले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५