आगामी निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी खटिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • November 10, 2022
nirwachan aayog

मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले सुरक्षा निकायबाहेक प्रदेश कार्यालय, ७७ जिल्लाको निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना सहित गरि देशभर दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउन लागेको हो ।

आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र तालिमहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

यसअघि जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरुलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५