सिंहदरबारभित्र नायब सुब्बाको धर्ना

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2022
nayab subba singdurbar

अर्थ मन्त्रालयले बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक खालको तलबमान सार्वजनिक गरेको भन्दै काठमाडौं उपत्यकाका नायब सुब्बाहरुले आज सिंहदरबारभित्र धर्ना दिएका छन्।

अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ र फरक—फरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको र एउटा जिम्मेवार संस्थाबाट दुई फरक फरक कागजात सार्वजनिक भएको भन्दै निजामती कर्मचारी संगठनले मन्त्रालयको सो कदमको विरोध समेत गरेको छ। बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारीहरुले विरोध स्वरुप हिजो पेन डाउन समेत गरेका थिए।

सिहंदरबारभित्रका निजामती कर्मचारीहरू नै यसरी आन्दोलनमा उत्रिंदा मन्त्रालयका नियमित काम कारवाहीहरु प्रभावित बनेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५