विवादीत नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा पारित भएको छ। पुर्व राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसद छलेर पारित गरिएकोमा राजनीतिक दलहरुबीच विवाद बढेको छ। एमालेले पुरानै र त्रुटिपूर्ण कुराहरु समावेश गरेर प्रधानमन्त्रीको भारत भ्रमणको समयमा संसदीय मर्यादाको उल्लङ्घन गर्दै विधेयक पारित गरिनु स्वाभाविक नभएको बताएको छ।
राष्ट्रपति पौडेलद्वारा पारित भएको नागरिकता विधेयक अनुसार, जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ।
त्यसैगरी, स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्थालाई पनि सो विधेयकले समावेश गरेको छ ।
यो विधेयक प्रमाणीकरणसँगै अब जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन्। अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीं बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन्।
विधेयकले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्काल पाउने व्यवस्था पनि गरेको छ।
त्यसैगरी,अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खोलेको छ।
प्र
आफ्नो प्रतिक्रिया दिनुहोस्