सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 26, 2022
sandeep lamichhane rape accused

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले लामिछानेलाई फरारको सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।इन्टरपोलले जारी गरेको ‘डिफ्युजन नोटिस’ पश्चात इन्टरपोलमा आवद्ध रहेका राष्ट्रहरुले सन्दिप लामिछाने उक्त देशमा रहे नरहेको अनुसन्धान गरी, फेला पारेमा पक्राउ गरेर नेपाल पठाउनेछ।

सन्दिप लामिछाने विरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि क्यारेबियन लिग खेल्न देश बाहिर गएका लामिछाने नेपाल नफ़र्किएपछि र कहाँ रहेको भन्ने कुनै खबर नभएपछि प्रहरीले उनलाई फरारको सूचीमा राखेको हो ।

काठमाडौं जिल्ला अदालतले भाद्र २३ गते लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%aa-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५