श्रावण २३, काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारबाट दिइएको विभूषण लिलामीमा राखेको खबर सामाजिक सञ्जालमा सम्प्रेषण भएपछी सरकारले विभूषण लिलामीमा नराख्न सूचित गर्दै पुनको नाममा पत्र काटेको छ ।
पुनले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका हुन् ।सरकारले सो खबर सामाजिक सञ्जाल मार्फत थाहा हुन आएको भन्दै, विभूषण लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र पुनलाई पठाएको हो ।
सरकारले पुनलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न आग्रह गरेको छ ।
विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्ने कानुनी प्रावधान रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्