बाइडेनको प्रस्थान लगत्तै उत्तर कोरियाद्वारा मिसाइल प्रहार

  • नेपाल राष्ट्रिय दैनिक
  • May 25, 2022
north korea missiles


उत्तर कोरियाले बुधबार बिहान तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा उत्तर कोरियालाई रोक्नको लागि उपायहरू बलियो बनाउने वाचा गरेर अमेरिका फर्किएको एक दिन नबित्दै मिसाइलहरू प्रहार गरिएको थियो।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको छ ।

अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बाइडेनको भ्रमणको क्रममै उत्तर कोरियाले हतियार परीक्षणको लागि तयार गरिरहेको बारे सावधान भने गराएको बुझिएको छ।
बाइडेनको भ्रमणको क्रममा, बाइडेन र उनका दक्षिण कोरियाली समकक्षी यून सुक-योलले उत्तर कोरियाको तीव्र हतियार परीक्षणहरूलाई रोक्न आवश्यक भएमा ठूलो सैन्य अभ्यास गर्न र थप अमेरिकी रणनीतिक सम्पत्तिहरू तैनाथ गर्न सहमत भएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५