श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना

  • नेपाल राष्ट्रिय दैनिक
  • July 22, 2022
dinesh gunawardena srilanka pm

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त हुनुभएको छ। रनिल विक्रमासिंघे राष्ट्रपति भएपछि गुणवर्द्धना श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो।

कोलम्बोमा सैनिक र प्रहरीले सरकार विरोधी प्रदर्शन स्थल खाली गरेको केही घण्टापछि दिनेश गुणवर्द्धनाले श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्।

सत्तारुढ श्रीलंका पीपुल्स फ्रन्टका अनुभवी सदस्य र राजापाक्षे राजनीतिक परिवारका सहयोगी गुणवर्द्धनाले शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघे समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

विक्रमासिङ्घे फ्रि-मार्केट च्याम्पियन र पश्चिम समर्थक राजनीतिज्ञ हुन् भने गुणवर्द्धना एक कट्टर सिंहली राष्ट्रवादी हुन् जसले समाजवादमा विश्वास गर्छन् र अर्थतन्त्रमा राज्यको ठूलो नियन्त्रण चाहन्छन्।


Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५