नेपाली राजनीतिमा उम्रिएको दिल्लीको बिऊ : माओवादी र प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ असार २०८०, बिहीबार ०७:३६
maoist

करीब १० वर्ष लामो शशस्त्र द्वन्दपछी तत्कालीन नेकपा माओवादीले नेपालको संसदीय व्यवस्थालाई आत्मसाथ गर्दै नेपाली राजनीतिको मुलधारमा आइपुग्यो। संसद भनेको खसीको टाउको देखाएर बोकाको मासु बेच्ने थलो हो भनेर नेपाली राजनीति र संसदीय अभ्यासको विरोध गर्दै शशस्त्र युद्ध लडेको माओवादीले अन्तत: त्यहि संसदीय राजनीतिलाई अंगाल्न पुग्यो जसलाई उनीहरुले बुलेटदेखि ब्यालेटसम्मको यात्रा भनेर परिभाषित गरे।

दश वर्षे शशस्त्र द्वन्दको अन्त्य, फरक राजनीतिक विचारधारा र स्थिर राजनीतिको सुरुवात लगायत विभिन्न दृष्टिकोणबाट २०६४ पछी नेपाली राजनीतिमा माओवादीको उदयलाई नेपाली राजनीति र सिङ्गो नेपालको ट्रान्जिसन फेजका रुपमा व्याख्या गरियो। दश वर्षे शशस्त्र द्वन्दले आजीत भएका र पुराना राजनीतिक दलबाट देशमा आमूल परिवर्तनको आशा गुमाउंदै गएका नेपाली जनताले, हिजो द्वान्दकालामा माओवादीले दिएको चोट र पिडा बिर्सिएर अन्तत: माओवादीको जितमा खुशी मनाए। माओवादी द्वन्दमा धेरैले आफ्ना परिवारका सदस्य र आफन्त गुमाएपनि देश र जनताले खोजेको परिवर्तन स्थापित हुने आशामा ति सबै चोट र पीडाहरु सहेरै बसे। तर जति-जति समय बित्दै गयो नेपाली जनताको माओवादी प्रतिको आशा निराशामा बदलिँदै गयो।

देश र जनतालाई परिवर्तनको आशा देखाएर नेपाली राजनीतिमा प्रचण्ड पथको खाका देखाउंदै जङ्गलबाट संसद भवन छिरेको तत्कालिन नेकपा माओवादी पार्टी कालान्तरमा तिनै पुरानै राजनीतिक दल र तिनै पुराना नेताले कोरेको पुरानै बाटोमा पुग्यो। जति-जति समय बित्दै गयो, राष्ट्रिय हित र स्वार्थ भुलेर पुरानै पार्टी सरह माओवादी पनि सत्ता स्वार्थ , नातावाद ,परिवारवाद र भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गयो। संसदीय राजनीतिमा कुनै बेला सबैभन्दा ठुलो पार्टी बनेको तत्कालिन नेकपा माओवादी अन्तत: सत्ता स्वार्थ र परिवारवादको चपेटामा टुक्रा-टुक्रा भएर फुट्यो। पार्टीभित्रका वैध, बाबुराम र बिप्लव लगायतका उच्च तहका नेताहरु पार्टीबाट अलग्गिए। अन्तत: २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादीलाई आफ्नो राजनीतिक अस्तित्व जोगाइराख्न पनि अन्य दलको वैशाखी टेकेर हिड्नुपर्यो।

सरकारसँग विभिन्न माग राखेर १० वर्षे शशत्र द्वन्दको सुरुवात गरेको तत्कालीन माओवादीले “भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद” को विरोध गर्दै भारत सँगको १९५० को असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने कुरालाई आफ्नो मूल एजेण्डाको रुपमा अघि सारेका थियो । तर जति-जति समय बित्दै गयो, संसदीय राजनीतिमा प्रवॆश गरेपछि माओवादीको असली रुप खुल्दै आयो। भारतीय विस्तारवाद को चर्को विरोध गरेर भारतसँगको असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने कुरालाई जोडतोडका साथ उठाएको तत्कालिन माओवादीले आखिर भारतमै सेल्टर लिएर नेपाल विरुद्द शशस्त्र द्वन्द गरेको तथ्यहरु विस्तारै बाहिर आउन थाल्यो। नेपालको माओवादी द्वन्दलाई भारतले आन्तरिक रुपमा समर्थन गरेका तथ्यहरु माओवादी नेताहरुबाटै बाहिर आउन थाल्यो।

माओवादी नेपालको संसदीय राजनीतिमा आइसकेपछि,भारतीय टेलिभिजन च्यानल आजतकमा प्रचण्डसंगको अन्तर्वार्ताका दौरान, “माओवादीले भारतसंगको असमान सन्धि सम्झौताको विषलाई लिएर भारतको विरोध किन गरेको” भनेर सोधिएको प्रश्नमा प्रचण्डले, आफुहरु द्वन्दको दौरान भारतकै विभिन्न स्थानमा रहेको र त्यस बखत भारतले आफुहरुलाई निकै सहयोग गरेको भन्ने प्रश्नकर्ताको तथ्य स्वीकार्दै आफुहरुले असमान सन्धी सम्झौताको विषयलाई लिएर भारतको कहिल्यै विरोध नगरेको समेत बताएका थिए।

तत्कालिन माओवादीका नेता र राजनीतिक विश्लेषक भरत दाहालले पनि एक अन्तर्वार्तामा,आफुले बाबुराम र प्रचण्ड लगायतका माओवादीका नेताहरुलाई भारतीय सरकारी गेष्ट हाउसमा पटक-पटक भेटेको र भारतीय विस्तारवादको नारा लगाएर नेपालमा सुरुवात गरिएको शशत्र द्वन्द भारतकै इशारामा भएको बुझेपछि आफुले माओवादी पार्टी त्यागेको बताएका थिए।

ओली-प्रचण्डको नेकपा सरकारले लिपुलेक,कालापानी र लीम्पियाधुरा समावेश नेपालको नयाँ नक्शा जारी गरेपछी भारतीय सेनाका जनरल बक्शिले पनि, आफुहरुले द्वन्दकालमा माओवादीलाई सहयोग र समर्थन गरेर गल्ति गरेको भन्ने अभिव्यक्ति दिएका थिए।

त्यसो त नेपालि राजनीतिक वृतमा, नेपालको राजनीतिमा भारतले प्रत्यक्ष- अप्रतक्ष्य रुपमा हस्तक्ष्यप गर्दै आएको कुरालाई सबैले स्वीकार गर्दै आएका छन्। नेपालले नयाँ संविधान जारी गरेपछी भारतले गरेको अघोषित नाकाबन्दी नेपाली राजनीतिमा भारतीय हस्तक्ष्यपको पछिल्लो उदाहरण हो। दिल्लीलाई पावर सेन्टर मानिएको नेपाली राजनीतिमा, नेताहरु मन्त्रि बनाइदिन आग्रह गर्दै भारतीय दुतावास र दिल्ली धाउने गरेको चर्चा बेला-बेला नेपाली राजनीतिक वृतमा चल्ने गरेका छन्। तर केहिदिन अघि प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली धाएको अभिव्यक्ति एकाएक विवादास्पद बन्नु कुनै नौलो कुरा होइन। किनकि माओवादी पार्टीको सुरुवात नै, नेपालको राजनीतिमा अस्थिरता कायम राख्न भारतले खडा गरेको थर्ड पोल हो। विगत देखिकै ईतिहास हेर्ने हो भने, नेपाली राजनीतिमा एउटाको त्रास देखाएर अर्को पार्टीलाई कावुमा राख्न भारतले हर सम्भव प्रयास गरेको देखिन्छ। कुनै बेला राजाको आडमा नेपालको राजनीतिक दललाई तर्साएर कावुमा राख्दै आएको भारतले अहिले एउटा दललाई अर्को दलको त्रास देखाएर आफ्नो स्वार्थमा खेलिरहेको आम मानिसले पनि बुझिसकेका छन्।

फरक यति हो कि, देशकै प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामाथि आँच पुग्ने गरेर अभिव्यक्ती दिने छुट कसैलाई पनि छैन। चाहे त्यो देशको प्रधानमन्त्री होस या कुनै आम नागरिक।

Share :
TRC sankraman kalin mudda

“टीआरसी” मा दलहरुबीच सहमति

काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुङ्गो लगाउन बाँकी सबै विषयहरूमा सहमति जुटेको नेकपा माओवादी केन्द्रका उउपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् । गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म सहमति भएको[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५