देशभरबाट प्रतिनिधिसभामा २,४५२ र प्रदेशसभामा ३,३३६ जनाको उम्मेद्वारी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 9, 2022
voting

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देशभरबाट २,४५२ र प्रदेशसभा सदस्यका लागि ३,३२६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्धारण गरेको बिहान १० बजेदेखि अपराह्न ५ बजेको समयसम्ममा प्रतिनिधिसभा अन्तर्गत मनोनयन परेको २,४५२ जनामा २,२२३ पुरुष र २२९ महिला रहेको जनाएको छ। त्यसैगरी, प्रदेशतर्फ ३०,३९ जना पुरुष, २८६ महिला र १ अन्य गरि कुल ३,३२६ जनाको उम्मेद्वारी परेको जनाएको छ।

आयोगले, केहि निर्वाचन क्षेत्रमा, निर्वाचन कार्यालमा उपस्थित रहेका केहि उम्मेदवारहरूको दर्ता कार्य जारी रहेकोले र कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले उल्लेख गरिएको संख्यामा केहि थपघट हुनसक्ने बताएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५