मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा आज मनोनयन दर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • November 10, 2022
Nirwachan 1

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ ।

नेपाली कांग्रेसका उमेद्वार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली काँग्रेसले आज उम्मेदवारी दर्ता गर्न लागेको हो ।जिल्ला निर्वाचन कार्यालय मोरङले आज बिहान १० बजेदेखि १ बजेसम्मको समय उम्मेदवारी दर्ता लिने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

आयोगका अनुसार आज १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ ।उमेद्वारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गते दिउँसो १२ बजेसम्मको समय तोकिएको छ भने नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।

प्रदेश सभा निर्वाचन ऐन २०७४ मा दलको उम्मेदवारको मृत्यु भएमा सोही दलले मात्र मनोनयन दर्ता गराउने र अन्य दलका उम्मेदवारहरुको उम्मेदवारी भने यथावत नै रहने व्यवस्था रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५