काँग्रेसभित्र कोइराला पक्षको विद्रोह : गठबन्धनले चुनाव हार्ने चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 24, 2022
shekhar koirala

काँग्रेसभित्रको डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका नेताहरुलाई खबरदारी गर्दै चुनाब हार्ने चेतावनी दिएका छन्।

काठमाडौँमा आयोजित खबरदारी सभामा बोल्दै कोइराला निकट काँग्रेस नेताहरुले, प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरण न्यायोचित नभए गठबन्धनले चुनाब हार्ने चेतावनी दिएका छन्। कोइराला निकट काँग्रेस नेताहरुले बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताएका छन्।

खबरदारी सभामा बोल्दै कांग्रेस नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिए पार्टी समाप्त हुने र पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए, ४०/६० को गणित पनि आवश्यक नपर्ने बताउनुभएको छ । तर टिकट वितरण न्यायोचित नभए ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर नहुने र आफुहरु टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ।

काँग्रेस नेता जगदिश्वर नगरसिंह केसीले पनि आफूहरुले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको छ ।

सभालाई सम्बोधन गर्ने क्रममा कोइराला निकट नेताहरुले , हिजो देउवा आफैंले पनि ४० प्रतिशत भाग खोजेर पार्टी फ़ुटाएको स्मरण गराउंदै, आफुहरुलाई पनि ४० प्रतिशत चाहिने बताएका छन्।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%af-%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a4%95%e0%a5%8b-%e0%a4%85%e0%a4%a1%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%a8%e0%a4%b9%e0%a4%9f%e0%a5%8d/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५