सुरुवाती दुई खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल, साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।
खेलको पहिलो हाल्फमा १ गोल गरेको भारतले खेलको दोस्रो हाल्फमा लगातार ७ गोल गरेको थियो।आजको खेलसँगै फाइनल खेल्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ। तीन खेल जितेको बंगलादेश ९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ भने ६ अङ्कको साथ भारत दोस्रो स्थानमा रहेको छ। नेपालले तिन खेलबाट ६ अङ्क नै जोड्न सफल भएको भएपनि गोल अन्तरमा नेपाल भारतभन्दा पछि रहेको छ।
फाइनल खेल खेल्नको निम्ति नेपालले बंगलादेशसंग हुने अर्को खेलमा जित निकाल्नुपर्ने छ भने भारतले माल्दिभ्ससंग हुने अर्को खेलमा पराजित हुनुपर्नेछ या त बराबरीमा खेलको अन्त्य हुनुपर्नेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्