उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो। पहिलो हाफको ३९ मिनेटमा लेर्माले गरेको गोलनै खेलको निर्णायक गोल बनेको हो।
बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिले फाइनलमा प्रवेश गरिसकेको छ । अब सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले तेस्रो स्थानका लागि आइतबार बिहान प्रतिष्पर्धा गर्नेछन भने फाइनल खेल सोमबार बिहान हुनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्