उपत्यकाका १७ संस्थालाई १० दिन भित्र कर बुझाउन काठमाडौँ महानगरको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2022
Kathmandu mahanagarpalika

काठमाडौं महानगरपालिकाले गरी उपत्यकाका १७ ठूला संस्थाहरुलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले जारी गरेको पत्रमा,खाद्य संस्थान, ह्वाइट फिल स्कुल,रन्जना ट्रेड सेन्टर,साझा भण्डार,राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स,कर्मचारी संचय कोष,नेपाल विधुत प्राधिकरण,नेशनल ट्रेडिङ्ग लिमिटेड,नेपाली जामे मस्जिद,कृषि सामाग्री संस्थान,मनमोहन मेमोरियल कलेज,आर बि कम्प्लेक्स,काठमाडौँ प्लाजा,नेपाल सेयर मार्केट ,सिविक हस्पिटल र डेन्टल कलेज सामाखुशीलाई १० दिन भित्र सम्पति कर बुझाउन निर्देशन दिएको छ।

लामो समय देखि सम्पति कर नबुझाएको र पटक-पटक ताकेता गर्दा पनि वेवास्ता गरेको भन्दै महानगरले १० दिनको समय दिएर जरिवाना सहित सम्पति कर बुझाउन निर्देशन दिएको हो। कर नबुझाए ऐन अनुसार कारवाही गरिने र कर बराबरको रकम अशुल उपर गरिने पनि महानगरले जनाएको छ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो केहि दिन यता लामो समयदेखि कर नबुझाएका संस्थाहरुलाई निश्चित समय अवधि दिएर कर चुक्ता गर्न निर्देशन दिँदै आएको छ।

mahanagar notice
https://nepalrastriyadainik.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%8f/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५