राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 20, 2023
nepal rastra bank

वैशाख ७- काठमाडौँ — आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ ।

‘विकास ऋणपत्र ०८४ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि चार वर्षको रहनेछ भने ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचनामा उल्लेख गरिए अनुसार ऋणपत्रका लागि वैशाख ७ गते दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने छ भने, शुक्रबार राष्ट्र बैंकले ऋणपत्र जारी गर्नेछ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्।

चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५