एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।
साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।परीक्षा र समीक्षाको काम सम्पन्न गरी उत्तरपत्रिका प्रदेशलाई पठाउने जिम्मेवारी बोर्डले दिएको छ । प्रदेश बोर्डले प्रदेश कार्यालयसँग समन्वय गरी काम गर्नेछ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति रहनेछ ।

तस्विर : दिपेन श्रेष्ठ

(एसईई)माध्यमिक शिक्षा परीक्षा वैशाख ९ गते शुक्रबारदेखि सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डको अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

यसपटक परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी छन् । यस पटक जापानमा नेपालीद्वारा सञ्चालित विद्यालयका २० विद्यार्थीले पनि एसइईमा सहभागिता जनाउने छन् ।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ विद्यार्थी र ग्रेड बढुवामा ११ हजार ४५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पछिल्लो दुई वर्षमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको हुँदा ग्रेड वृद्धिको अवसर नभएकाले यो पटक २ बर्ष अघि ग्रेडवृद्धिको परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुनेछन । प्राविधिक कक्षा सञ्चालन गर्दै आएका देशभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थीले पनि एसइई दिनेछन् ।

जुनसुकै उमेरका विद्यार्थीहरू कक्षा १० (एसईई) परीक्षामा सहभागी हुन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा उमेरको हद नरहेको भन्दै शिक्षा ऐन संशोधन गरेको छ । तदनुसार, जुनसुकै उमेरका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षामा सहभागी हुन योग्य मानिनेछन्।

यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो। सरकारी व्यवस्थाका कारण शिक्षा ऐनअनुसार विगतमा १४ वर्ष नाघेकाले मात्र एसएलसी लिन पाउने भए पनि अहिले कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो।। तर, शिक्षा ऐन २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

यो प्रावधानले धेरै विद्यार्थीलाई समस्या परेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हद हटाएको हो । मन्त्रालयले शिक्षा ऐन, २०४९ को नियम ७८ को उपनियम ८२ मा शिक्षा ऐनको दफा २ को दफा (घ) र (छ) परिमार्जन गरी उमेर सीमा हटाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईमा १४ वर्ष उमेर हदका कारण धेरै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गर्ने, परीक्षा उत्तीर्ण भएर पनि नतिजा रोक्का राख्ने र उमेर बढाउनुपर्ने कारण आगामी एसइईमा उमेर सीमा हटाइएको छ ।

बैशाख ९ गते बाट एसईई परीक्षा सुरु

बैशाख ९ गते बाट एसईई परीक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षाको समयतालिका भने भोली बोर्डको वेबपेजमा सार्वजनिक गरिने पनि बोर्डले जानकारी दिएको छ ।