सिंहदरबार भित्र ग्याँस सिलिण्डर प्रयोगमा निषेध

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2022
Singha Durbar

आजदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान तथा प्रयोग गर्न निषेध गरिएको छ ।

विजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुसार आजदेखि सिंहदरबारभित्र रहेका मन्त्रालय र अन्य निकायका चमेना गृहमा खाना पकाउने प्रयोजनका लागि ग्यास सिलिन्डर प्रयोग गर्न निषेध गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विधुतको प्रयोगलाई प्रोत्साहन गर्ने र सो कार्यको सुरुवात सिंहदरबारबाटै सुरु गर्ने बताएको थियो । सरकारको सो कार्यनीति अनुरुप नै आजबाट सिंहदरबारमा ग्याँस सिलिण्डरको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। सिंहदरबारमा अब खाना पकाउने प्रयोजनका लागि विधुतिय चुलोको प्रयोग गर्नुपर्नेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय र निकायलाई पत्राचार गरी बजेट नं. २५३ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सिंहदरबारभित्र ग्याँस सिलिण्डर प्रयोग नगर्न निर्देशन समेत दिएको थियो ।

singha darbar gas cylinder
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५