सप्तरीमा सिके राउत नेतृत्वको जनमत पार्टी विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • May 18, 2022
janamat party

सिके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र माझी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा विजयी भएका छन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शैलेशकुमार साहले ६ हजार २४६ मत पाएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरमबाट माझी उम्मेदवार बनेका थिए भने तत्कालीन राजपाबाट साह विजयी भएका थिए । राजपा र फोरम मिलेर लोसापा गठन गरेपछि दुवै जना जसपामा थिए । तर जसपाले साहलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उम्मेदवारीको एक दिनअघि मात्रै माझी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

त्यसैगरी हनुमाननगर कंकालिनीको उपमेयरमा जसापाकी सरितादेवी सिप्लिया यादव पुनः निर्वाचित भएकी छन् । उनी ६ हजार ५१२ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९८२ मत ल्याएकी छन् । १४ वडा रहेको हनुमाननगर कंकालिनी नगरपालिकामा ७ वडामा जसपा , ४ वडामा माओवादी केन्द्र, २ वडामा जनमत पार्टी र १ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५