इन्फ्लुएन्जाका बिरामीको संख्या बढ्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • September 14, 2023
shukraraj tropical hospital

काठमाडौँ- मौसम परिवर्तनको समयमा देखिने मौसमी रुघाखोकी ‘फ्लु’ इन्फ्लुएन्जाका बिरामीको संख्या पछिल्लो एक साता यता तिब्र रुपमा बढ्दै गएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक रुघाखोकी लागेर उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको र परीक्षण गरेकामध्ये ७ प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांक अनुसार देशभरबाट संकलन भएका १४० वटा नमुना परीक्षण गर्दा ३५ जनामा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको छ ।

इन्फ्लुएन्जा लागेका मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिने र मौसम परिवर्तनको यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुने हुँदा सतर्क रहनुपर्ने चिकित्सकहरु बताउँछन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५