केन्या विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
nepali cricket team

लगातार तीनवटा खेल जितेर केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपाल विजयी भएको छ।

केन्याको नैरोबीमा आज भएको अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले जित हाँसिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले खेलको निर्धारित ओभरमा ९ विकेट गुमाउंदै २५५ रन जोड्न सफल भएको थियो।

२५६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले ४७.१ ओभर खेल्दै ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियो ।

नेपालका लागि बसिर अहमदले ५२, अर्जुन साउदले ५८ र आसिफ शेखले ५६ रन जोडेका थिए। त्यसैगरी,रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्ल ३३ रनको योगदान दिएका थिए।

यसअघि नेपालले पाँच खेलको टी-ट्वान्टी सिरिज ३-२ को अन्तरले जितेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५