एसपिपि सम्बन्धमा परराष्ट्र मन्त्रालयको को नीति के हो ?

  • नेपाल राष्ट्रिय दैनिक
  • July 21, 2022
pararastra mantralaya ministry

मन्त्रिपरिषद बैठकले एसपिपीमा सहभागी नहुने भन्दै अमेरिकालाई पत्राचार गर्ने भन्ने निर्णय गरेको झण्डै एक महिना बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म सो सम्बन्धमा अमेरिकालाई कुनै पनि किसिमको पत्राचार गरेको छैन।

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकोमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रश्न उठाइरहेका बेला परराष्ट्र मन्त्रालयले भने सम्बन्धित निकायसँग गृहकार्य मात्र गरिरहेको जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार नियमित पत्रकार सम्मेलन गरी यस विषयमा रक्षा मन्त्रालय, नेपाली सेना र अन्य निकायसँग छलफल गर्नुपर्ने र गृहकार्य भइरहेको जानकारी दिंदै, नेपाल सरकारको निर्णयबारे उपयुक्त समयमा कूटनीतिक संयन्त्रमार्फत अमेरिकासँग पत्राचार गर्ने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५