लुम्बिनी प्रदेशको विवादित स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्
उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष आफ्नो राजीनामा बुझाएको र राजीनामा स्वीकृत समेत भइसकेको जानकारी प्राप्त भएको छ।
वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि सरकारले उक्त घटनाको छानविन गर्न समिति समेत गठन गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्