ललितानिवास क्षेत्रको सरकारी जग्गामा महानगरले काँडेतार लगाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
lalita niwas mahanagar police

काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेको करिब एक सय ४३ रोपनी जग्गामा तारबार लगाउने र ललिता निवासको जग्गामा निर्माण भएका अस्थायी वा अनधिकृत संरचना हटाउने भएको छ । 

सरकारी सम्पतीको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै महानगरले ललितानिवास क्षेत्रमा रहेको सरकारी जग्गामा तारबार लगाउने तयारी गरेको हो ।

आइतबार महानगरपालिकाअन्तर्गतको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा त्यस क्षेत्रमा पुगेको महानगरको नगर प्रहरीले कतिपय ठाउँमा व्यक्तिले घरटहरा बनाएर बसेको पाइएकोले सरकारी जग्गामा बनेका पुराना अस्थायी संरचना हटाउन निर्देशन समेत दिएको छ । महानगरले सरकारी र व्यक्तिगत जग्गा यकिन गर्न नापी तथा मालपोत कार्यालयसँग नक्सा विवरण पनि माग गरिएको र सरकारी र व्यक्तिगत कति छन् भनेर छुट्याउँदै तारबार लगाएर सरकारी जग्गा संरक्षण गर्ने तथा सो जग्गामा भवन तथा कुनै पनि संरचाना निर्माणको अनुमति नदिने बताएको छ।

महानगरले २४ घन्टे मौखिक अल्टिमेटम दिएर सरकारी जग्गामा निर्माण गरिएका अस्थायी वा अनधिकृत संरचना हटाउन निर्देशन समेत दिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५