दक्षिण सुडानमा विमान दुर्घटना:२० जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
plane crash in south sudan

दक्षिण सुडानको उत्तरमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको छ।

बुधबार राजधानी जुबाका लागि उडान भरेको केही समयपछि नै विमान युनिटी राज्यको तेल भण्डारण क्षेत्र नजिकै खसेको थियो।

विमानस्थलबाट ५०० मिटर टाढा विमान दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार २१ जनामध्ये एक जना मात्र जीवित रहेको बताइएको छ ।

विमानमा सवार सबै यात्रुहरू, १६ दक्षिण सुडानी, दुई चिनियाँ नागरिक र १ भारतीय नागरिक ग्रेटर पायोनियर अपरेटिङ कम्पनीका कर्मचारी रहेको बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५