संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायधीश चोल्न्द्र शमशेर जबराको महाअभियोग निष्प्रभावी भएको पत्र जारी गरेसंगै यतिबेला देशको राजनीति पुन: एकपटक जबरा केन्द्रित हुनपुगेको छ।
महासचिव डा. भरतराज गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च फर्कन लागेका चोलेन्द्रशमशेर जबरालाई रोक्न एकातर्फ सर्वोच्चले सुरक्षा निकायहरुलाई निर्देश जारी गरेको छ भने अर्कोतर्फ बार एशोसिएशनका कर्मचारीहरु उनलाई रोक्न सर्वोच्चको गेटैमा धर्ना दिएर प्रदर्शनमा उत्रिएका छन्। सर्वोच्चले महासचिव गौतमलाई पत्रको विषयमा प्रश्न राख्दै स्पष्टीकरण समेत सोधेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन समेत पेश गरेका छन्।
महाअभियोगकै विषयलाई लिएर सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको र आगामी प्रतिनिधिसभामा सो विषयमा छलफल हुने बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्