विमोचन इभेन्टले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • १० असार २०७९, शुक्रबार १२:०८
290128647 533763325005306 2161471641625651072 n

भरतपुर चितवन ,एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि भरतपुरको सहकार्यमा विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिको सभाहलमा असार ४ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १९ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश तमाङ्गले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा आफ्नो र वडाको तर्फ़बाट पनि सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका किरण पौडेल, अतिथिको रुपमा भरतपुर १९ का नवनिर्वाचित वडा सदस्य राजकुमार गुरुङ ,भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

289051564 750152382844537 7033672927722955612 n

७ दिनसम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन समारोहमा स्थानिय निर्वाचनमा निर्वाचित हुनुभएका भरतपुर १९ का वडा अध्यक्ष प्रकाश तामांग, वडा सदस्य राजकुमार गुरुङ, दिलमाया थापा मगर, सिता विक र भरतपुर १ का नवनिर्वाचित वडा सदस्य राजु गुरुङलाई सम्मान समेत गरिएको छ।

289771172 1447225892357241 5250937823837849096 n
Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५