श्रावण २८,काठमाडौँ- अविरल वर्षाका कारण देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु प्रभावित हुन पुगेको छ।
अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन्। साथै अन्य अन्तर्राष्ट्रिय उडान पनि सामान्य प्रभावित भएको उनले जानकारी दिएका छन् ।
विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ।बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्