नेपाल प्रहरीबाट लामा र सशस्त्र प्रहरीबाट पौडेल एआईजीमा बढुवा

  • नेपाल राष्ट्रिय दैनिक
  • May 20, 2022
police

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्त लामा र सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमै अवकाश लिनेछन् भने अर्कातर्फ वर्तमान महानिरीक्षक राजु अर्यालपछि पौडेल सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने एक्लो दावेदार बनेका छन् । सशस्त्र प्रहरी बलमा दुई एआईजी पद रहेपनि सरकारले पौडेललाई मात्रै बढुवा दिएको छ ।

यसैबीच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५