खसेकोभन्दा बढी मत फेला परेपछि बाजुरामा मतगणना स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • December 2, 2022
bajura vote

मुचुल्कामा उल्लेख गरिएकोभन्दा बढी मत फेला परेपछि बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ।

प्रतिनिधिसभातर्फको मत गणनाका क्रममा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतले बताउनुभएको छ ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको बढी मत फेला परेको हो। एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर थापाले पत्रकार सम्मेलन गरी यस केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गरेका छन् ।सोहि विषयलाई लिएर अहिले राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल जारी छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५