निलम्बित सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • May 18, 2022
police arrested

मुगु जिल्लाको एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका छोरा अर्पण बानियाँलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खत्याड गाउँपालिका ७ माँझचौरमा उनलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभएको छ ।

उनलाई थप अनुसन्धानका लागि आज जिल्ला सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएको छ । खत्याड गाउँपालिकाको माझचौरमा मतगणना भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पक्राउ गरेको थियो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५