काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । धरौटी बुझाएपछि पनि उनलाई रिहा नगरी उनिविरुद्द परेका अन्य मुद्दाका आधारमा काठमाडौँ लगिने तयारी भइरहेको चर्चा चलिरहेकै बेला, काठमाडौँ अदालतमा आँफै उपस्थित हुने शर्तमा प्रहरीले लामिछानेलाई थुनामुक्त गरेको हो।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्