मा.वि तह नेपाली विषयको शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 5, 2022
Shikshak sewa aayog

शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली विषय शिक्षक (तेस्रो श्रेणी) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १५ गते र असार ९, २०७९ मा परीक्षा सञ्चालन गरेको थियो ।आयोगले जारी गरेको सूचना अनुसार प्रदेश नं १ र मधेश प्रदेशका सबै उम्मेदवार (नम्बर १ देखि १० सम्मका )को अन्तर्वार्ता यही असोज २५ गते विहान ८ बजे हुने जनाएको छ ।

आयोगले, मधेस प्रदेश (११ नम्बर माथिका सबै उम्मेदवार), कर्णाली, गण्डकी र वाग्मती प्रदेश (२६ नम्बर माथिका सबै उम्मेदवार)को अन्तर्वार्ता २०७६ असोज २५ गते दिउँसो २ बजे हुने जनाएको छ।

त्यसैगरी, वाग्मती प्रदेश (१ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने आयोगले जनाएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५