करिब एक महिनाभन्दा लामो समयदेखी आन्दोलनरत मिटरब्याज पिडित पक्ष र गृह मन्त्रालयबीच पाँच बुंदे सहमति भएको छ।
गृह मन्त्रालय र मिटर ब्याज पिडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच आज भएको पाँच बुंदे सहमति पछि काठमाडौँको माइतीघरमा प्रदर्शन गरिरहेका पिडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा आज भएको ५ बुँदे सहमति अनुसार, मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने,ऋणीले साँवा ब्याज चुक्ता गरेपछि पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने लगायतको सहमति भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्