त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघको ताला

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
Nebisangha

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा ताला लगाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संगठनले त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको जनाएको छ। आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै नेविसंघले कार्यालयमा ताला लगाएको र आफ्ना मागहरु सम्बोधन नगरीएमा आफुहरु प्रतिवादमा उत्रिने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल विद्यार्थी संघले यसअघि पनि त्रिवि केन्द्रिय कार्यालयमा ताला लगाएको र सो ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षर सहित नक्कली विज्ञप्ति टाँस गरी फुटाउनु खेदजनक भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५