म्यानमारको सैन्य अदालतले आङ सान सुकीलाई चुनावी धाँधलीको आरोपमा थप तीन वर्षको जेल सजाय सुनाएको छ।
देशकी पूर्व नेतृ सु कीलाई अहिले ११ वटा मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको छ भने अन्य आरोपहरूमा फैसला हुन बाँकी छ ।यदि सबै आरोपमा दोषी ठहरिएमा, उनलाई लगभग २०० वर्षको जेल सजाय सुनाइन सक्छ। यधपी उनले आफूमाथि लगाइएको धेरै आरोप भने अस्विकार गरेकी छन।
७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताएकी भएपनी नयाँ सजायमा भने कडा परिश्रम समावेश गरिन सक्छ ।
अदालतले उनको पार्टी, नेसनल लिग फर डेमोक्रेसीले नोभेम्बर २०२० को आम चुनावमा धोखाधडी गरेकोमा दोषी ठहर गरेको हो। मतदानमा ठूलो मात्रामा मतदाताले धाँधली भएको आरोप लगाएपछि सेनाले गत वर्ष सत्तापलट गरेको थियो।
नागरिक अधिकार र लोकतान्त्रिक समूहहरूले सु ची र अन्य विरुद्धको कानुनी कारबाहीलाई प्रहसनको रूपमा निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले उनले “नक्कली मुद्दा” सामना गरिरहेको बताएको छ। म्यानमारको सैन्य शासनले भने सु कीको सुनुवाइ कानुनी प्रक्रियाको हिस्सा भएको बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्