आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2022
Temporary police personnel myadi prahari

Temporary police personnel guard the Office of the Chief Returning Officer in Ilam, on Sunday, June 18, 2017. Photo: RSS

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव गरिएको छ ।

निर्वाचन सुरक्षार्थ ४० दिनको म्याद/ करार अवधि रहने गरि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका मतपेटिका छुट्टाछुट्टै हुने भएकाले स्थानीय तह निर्वाचनमा भन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्न आवश्यक देखिएको र सोही अनुसार संख्या निर्धारण गरेर गृह मन्त्रालयमा प्रस्ताव पेस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरी र पूर्व-सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने पनि प्रहरी प्रधान कार्यालले जनाएको छ। स्थानिय निर्वाचनलाई नै आधार मानेर आगामी निर्वाचनमा खटिने सुरक्षाकर्मीको सुविधा निर्धारण गरिने पनि जनाइएको छ। स्थानिय निर्वाचनमा म्यादी प्रहरीको लागि ४० दिनको एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ, पोसाकभत्तावापत ६ हजार रुपैयाँ, रासन भत्ताबपत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र यातायात भाडाबाट एक पटकका लागि १ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुविधा निर्धारण गरिएको थियो । तर श्रावण १ गते बाट सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएका कारण म्यादी प्रहरीको तलब पनि सोहीअनुसार निर्धारण गर्न सकिने उल्लेख गरिएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५