आक्रोशित जनताको कब्जामा श्रीलंकाको राष्ट्रपति भवन

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ असार २०७९, शनिबार १५:००
srilanka presidential office png

राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । निरन्तर प्रदर्शनको लामो शिलशिलापछी शनिबार राष्ट्रपति भवन अगाडी भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि राष्ट्रपति गोताबाया राजापाक्ष निवास छोडेर भागेका छन्।

कालो पहिरन लगाएका र श्रीलंकाको झण्डा बोकेका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपति राजापाक्षेको निवासमा प्रवेश गरेको तस्विर र भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल बनेको छ। प्रदर्शनकारीहरूले यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूको निवास घेराउ गर्नुका साथै उनीहरुको घरमा आगजनीसमेत गरेका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन्। प्रहरीले सुरक्षा दिएर राष्ट्रपतिलाई सुरक्षीत स्थानमा लगेको भनिएपनि उनको स्थिति अज्ञात रहेको छ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५