प्रहरीको यातनाबाट संखुवासभा कारागारमा कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2023
sankhusawa karagar

विराटनगर – संखुवासभा जिल्ला कारागार खाँदबारीमा यातना दिएर दुई कैदीको मृत्यु भएको अनुगमन तथा छानबिन टोलीले निष्कर्ष निकालेको छ।

संखुवासभा जिल्ला कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवैको कारागार भित्रै मृत्यु भएपछी घटनाको अनुसन्धानको लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो  भने घटनामा प्रहरीनै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई पक्राउ समेत गरिएको थियो।पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे भने फरार रहेका छन् ।

स्थलगत अनुगमन तथा छानबिनका लागि पुगेका अधिकारकर्मीहरुले कैदीलाई कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै अस्पताल लगिएको निष्कर्ष निकालेको छ।

मृतकमाथि रड र लाठी प्रहार गरिएको शवमा देखिएको डाम र चोटले पुष्टि हुने अनुगमन टोलीले बताएको छ भने,सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको र आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको निष्कर्ष सहित, राज्यले राखेको अवस्थामा जसरी मारिए पनि त्यहाँ राज्यको कमजोरी हुने राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५