संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आजको बैठकले श्रेष्ठको अनुभव, दृष्टिकोण, भावी योजना र अवधारणाका बारेमा सुनेर सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको बताइएको छ।
न्यायपरिषदले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो र फागुन २७ गते उनको नाम संसदीय सुनुवाइका लागि पिएचसीमा पठाएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्