हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर सुन तस्करीको प्रयास: पांच जना पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • April 29, 2022
TIA airport scaled

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको झण्डै साढे दुई किलो ३५० ग्राम तौल बराबरको सुनसहित ५ जनालाई पक्राउ गरेको छ।दुबईबाट काठमाडौं आएको हिमालयन एयरलाइन्स विमानको शौचालयमा लुकाएर ल्याइएको सुन तस्करीको प्रयासमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालका अनुसार विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजिएको तथ्य बाहिरिएको छ। सुन तस्करीको आरोपमा प्रहरीले हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरीलाई पक्राउ गरेको छ। उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन सहयोग गरेको देखिएको छ।
पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई र दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा समेत रहेका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५