काठमाडौंको मौसम खराब भएपछि दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
TIA airport scaled

भारतको राजधानी नयाँ दिल्लीबाट आएका दुई विमान काठमाडौंको त्रिभुवन विमानस्थलमा देखिएको खराब मौसमका कारण डाइभर्ट गरिएका छन् ।

नयाँ दिल्लीबाट आएको विस्तारा एयरको उडान लखनउ डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको इन्डिगो एयरको उडान दिल्लीतर्फ नै फर्किएको छ ।

जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको उडान र कोरियाबाट आएको कोरियन एयरको उडान मौसम खराबीका कारण केही समय आकाशमै होल्ड गरेर अवतरणको प्रक्रियामा छन् ।

बुधबार साँझ परेको अविरल वर्षापछि काठमाडौंको मौसम बिग्रिएको थियो ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५