शब्दकोशबाट “ऊँ” शब्द हटाउने निर्णयविरुद्धको निवेदनमा एमिकस क्युरीले आफ्नो राय दिने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2024
sarbochcha adalat

काठमाडौं : नेपाली शब्दकोशबाट “ऊँ” शब्द हटाउने निर्णयसम्बन्धी मुद्दामा अदालतका एमिकस क्युरीले आफ्नो धारणा राख्ने भएका छन् । निवेदक र सरकारी पक्षका अधिवक्ताको बहस सकिएसँगै आजबाट एमिकस क्युरीको बहस सुरु हुँदैछ ।

रिट निवेदक तथा अधिवक्ता स्वागत नेपालले “ऊँ” शब्द हटाउने विरुद्धको रिटमा निवेदक, साक्षी र सरकारी वकिलको बहस सकिएपछि आजदेखि एमिकस क्युरीमा बहस हुने जानकारी दिएका छन् । यो मुद्दामा न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा बहस भएको हो ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट “ऊँ” शब्द हटाएर कार्यान्वयन गराएका थिए । सरकारको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल, तपेन्द्रबहादुर कार्की लगायतले सो विरुद्ध २०७३ भदौ २४ गते गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विदेशी प्रभावमा नेपाली, भाषा, संस्कृति र परम्परालाई अन्त्य गर्ने उद्देश्यले शब्दकोशबाट “ऊँ” शब्द हटाइएको भन्दै उनीहरुले रिट दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले ‘एमिकस क्युरी’लाई रिट सुनुवाइका लागि बोलाउन आदेश दिएको थियो । नेपाल बारको नाममा भाषा र कानुनी दक्षता भएका व्यक्तिसहित एमिकस क्युरी पठाउन आदेश दिइएको थियो । निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले स्वीकृत गरेको संशोधन खारेज गर्न माग गरेको छ । २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५