महोत्तरीको भंगहा क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारि गरिएको छ।
हिन्दू सम्राट सेना नामक सङ्गठनले निकालेको र्यालीका क्रममा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी हिंसा भड्किएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले अर्को आदेश जारी नहुँदासम्मको लागि कर्फ्यु आदेश जारि गरेको हो।
र्यालीका क्रममा हिँसा भड्किएपछि प्रहरीले एक दर्जन भन्दा बढी राउण्ड हवाई फायर समेत गरेको थियो। घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्